पास्टर बुद्धि पुलामी मगर गुरुबाको जीवन गवाही

पास्टर बुद्धि पुलामी मगर गुरुबाको जीवन गवाही

प्रभू येशूलाई पाउन भन्दा पहिले मेरो घर परिवारको अवस्था धेरै नाजुक थियो । यो हुनुमा बिभिन्न कारणहरु थिए र सबैभन्दा मुख्य कारण चाहिँ म नै थिएँ । म मादक पदार्थ सेवन गर्दथेँ । जुवा तास खेलेर समय बिताउने र खेत बारी बाँझो राख्ने गर्दथेँ । अनि अलि अलि भण्डार गरेका अन्नबालीहरुले जेनतेन छ महिना खान पुग्थ्यो । म आपैm धामी काम पनि गर्ने गर्दथें । तर जब मैले २०४८÷०२÷०५ गते प्रभूलाई ग्रहण गरेँ तब मैले यी सबै खराब कुराहरु त्यागी दिएँ । बिस्तारै परमेश्वरको आशिष्ले मेरा घर परिवारको अबस्थामा सुधार हुँदै गयो । केहि समय पछि हामीले रौतहटमा घर निर्माण ग¥यौँ । छोराले सरकारी जागिर खान सफल भयो । यसरी परमेश्वरको आशिषले हाम्रो परिवारको अवस्था बदलिन पुग्यो । त्यो समयसम्म हामी ए.जि. चर्चमा नै सेवा गथ्यौँ । तर बिस्तारै हामीले गोठालोबाट पाउनु पर्ने परमेश्वरको वास्ता नपाएको अनुभव गर्न थाल्यौँ ।

त्यसपछि हाम्रो परिवार लगायत धेरै व्यक्तिहरु त्यस मण्डलीबाट छुट्टिएर पा. रुबेन रानाले सेवाकाई गर्दै गरेको काभ्रे चर्च सँग समन्वय गरी छुट्टै सेवा संगती गर्न शुरु ग¥यौँ । त्यस समयमा रौतहटमा सञ्चालित सेवा म आपैmले चलाउने गर्थँे । पा. रुबेन रानासँगको सेबाकाई पनि बिभिन्न कारणबस राम्रो हुन सकेन । सेबाकाईमा आएको उकाली ओरालीले ममा निराशा ल्यायो । यहि समयमा मेरो भेट मिलन मगर भाईसँग भयो । भाई मिलनले क्रस वे, एन.आर.सि.को बारेमा धेरै कुरा बताउनुभयो । केहि समयपछि पा. लकिम राई र रेभ. अरबिन पोखरेलसँग भेटेर थप जानकारी लिएपछि परमेश्वरको सेवालाई आत्मिकी रुपमा बृद्धि गराउन सक्ने सहज वातावरणको आशा पलायो । त्यसपछि २०७१÷०२÷०५ गतेवाट एन.आर.सि. सँग सहकार्य गरी सेवालाई शुरु ग¥यौं । केहि समयसम्म मलाई सेवाको क्षेत्रमा मिलन भाईले सहायता पु¥याउनु भयो । त्यसपछि परमेश्वरको योजना अनुसार २०७२÷०२÷०१ गतेवाट आफैले जिम्मेवारी लिई सेवालाई अघि बढाउन थालेँ । परमेश्वरको अनुग्रहमा मण्डली बृद्धि हुँदै जान थाल्यो । यसरी भाडामा लिएको कोठामा विश्वासीहरु नअटाउने भएपछि चर्च भबन निर्माण गर्ने योजना भयो जुन योजना सफल पनि भयो । मण्डलीका बिश्वासीहरुले सेवा संगतीको लागि नयाँ भवन प्राप्त गरे र मैले पनि एक्स.एल.टि.आई तालिम लिने मौका पाएँ ।

यसरी सिक्दै सिकाउँदै रौतहट क्रुसको मण्डलीमा पाष्टरीय सेवाको काममा निरन्तरता दिई राखेको छु र जीवन रहुन्जेल एन.आर.सि.सँग सहकार्य गर्दै परमेश्वरको सेवालाई निरन्तरता दिने निर्णय पनि गरेको छु ।
धन्यवाद ।

प्रजिला राई बहिनीको जीवन गवाही

प्रजिला राई बहिनीको जीवन गवाही

म प्रजिला राई । सर्बप्रथम त कृपाको धनी हाम्रा महान् परमेश्वरलाई धन्यवाद होस् जसले आफ्नो अपार अनुग्रहमा मेरो आशाविहिन र अन्धकारमय जीवनलाई उहाँको उदेकको ज्योतिमा हिँड्न प्रेरित मात्र नगरी स्वयं आपँैm नै नओईलाउने आशाको मुहान बनि दिनुभयो । यसरी नै प्रभुमा आदरणिय अगुवाजनहरुमा पनि कृतज्ञतासाथ धन्यवाद भन्न चाहन्छु, जसले मेरा सबै दुर्बलता र अज्ञानतामा साथ सहयोग दिँदै ख्रीष्टमा बढ्न अवसर प्रदान गर्नुभयो । साँच्चै ख्रीष्टको प्रेम र उहाँ सँगको घनिष्ठ सम्बन्धबाट मात्र जीवनले वास्तविक मिठासपन र सन्तुष्टिको आभाष पाउँदो रहेछ, जस्तोसुकै चरम संघर्ष र चुनौतीपुर्ण आरोह अवरोहहरु झेल्दै आफ्नो गन्तब्यलाई माथ गर्नु किन नपरोस् ? संसारभरमा हामी जो कोही छौँ, अवश्य नै हामी सबैका आ–आफ्नै कथा ब्यथा हुन्छन् नै । यस्तै मेरो पनि आफ्नै कथा व्यथाहरु छन् तर यसलाई शब्दमा ब्यक्त गर्दै बेली विस्तार लगाउन सम्भव छैन तर केही कुराहरु चाहिँ म भन्न चाहन्छु ।
ख्रीष्ट बिनाको जीवन चाहिँ अन्धकारमा बत्ती बिना निष्पट अँध्यारोमा रहनु जस्तै रहेछ । जहाँ रहनुको बाध्यता वा पिडा जो कसैले सजिलै जीउन त के कल्पना पनि गर्न सक्दैनन् । यहि सन्दर्भमा भन्नुपर्दा, वा सुन्दा अपत्यारिला लाग्ने परिस्थितिहरुको सामना गर्न विवश हँुदोरहेछ मान्छे, जुनबेला सबै कुरा आफुमाथि आईलाग्छन् । किनकि यो भन्दा अर्को उत्तम विकल्प कति पटक नहुँदो रहेछ । यहि प्रसङ्गसँगै जोड्न चाहेँ । म एक मध्यम वर्गको परिवारभित्र सातौँ सन्तानको रुपमा सन् १९८७ मा पुर्व ओखलढुङ्गा स्थित कुईभिरमा जन्मिएको हो । जुन परिवारभित्र जन्मिए हुर्किए, त्यहाँ असल शिक्षा र ज्ञानको पहुँच एकदमै कमि थियो । जहाँ शान्ति र वास्ताको नितान्त अभाव थियो भने दोस्रो चाहिँ पारिवार भित्रको पारिवारीक संबन्धसँगै आ–आफ्नो जिम्मेवारी र भुमिकामा परिवेश सुहाउँदो वातावरण थिएन । मैले माथि नै बतार्इँ सके कि, जीवनका सबै आयामहरु क्रमै सँगले प्रस्तुत गर्न असम्भव हुन्छ यद्यपि कति उपयुक्तै होलान् ।

वास्तवमा आफु हुर्किएका ती परिवेशहरुले होला, म भित्रको अशान्तिले कोलाहल पैदा हुँदा निराशाले सदैव मेरो मन मस्तिष्कमा असह्य बज्र बजारिरहन्थे । सायद, यसैले होला जीवन पनि दिक्दार लाग्दो थियो । यस्तो अवस्थामा जीवन सरल सहज होस् पनि कसरी ? तर समयको माग अनुरुप अध्ययनको रुचिलाई जसोतसो आत्मसात गर्दै सरकारी बिद्यालयबाटै प्रमाण पत्र तहको अध्ययन पुरा गरेँ । यस पश्चात्, विविध कारणबस स्थगित भएको अध्ययनलाई पुनः निरन्तरता दिन भनी उच्च शिक्षा हाँसिल गर्ने दौडमा नै खी्रष्ट प्रभूलाई मुक्तिदाताको रुपमा स्वीकार गर्ने अवसर पनि मिल्यो । हुनतः यसभन्दा अलिक अगाडि नै ख्रीष्ट संबन्धी पर्चा र पुस्तकहरु ब्यक्तिगत रुपमा भेटेर पढ्ने मौका मिलिसकेको थियो । तर बिश्वासी र चर्चबारे अन्जान नै थिएँ । जे होस् त्यहि अध्ययनको क्रममा सर्वप्रथम आत्मिय मित्र नयन सुनुवारलाई भेटे पश्चात् नै प्रथम पटक उहाँ सँगै चर्च जान पनि सकेँ । ख्रीष्टको अनुुसरण गर्न मलाई कर गरीरहनु परेन । सायद, आफ्नो संँस्कारमा भनौँ, संसारमा सुन्न, देख्न नपाएको त्यो पुस्तकका सत्य शब्दहरुले यो मनको वहावलाई मोडिने गरि गहिरो प्रभाव पारिसकेका थिए । म माथि परेको त्यो प्रभावले ख्रीष्ट नै शीर्ष स्थानमा हुनुभयो ।

शुरुका ती दिनहरुमा ख्रीष्ट प्रतिको भरोसामा कदम बढाउन परिवारबाट रोकतोक थिएन, किनकि बेलाबखत आउ जाउ र भेटघाट भएपनि घरपरिवारदेखि केहि टाढाको दुरीमा रहेर अध्ययन गर्दै थिएंँ । यसैले चर्च जानु र बाईबल पढ्नुमा खुसी थिएँ तर यदाकदा ख्रीष्टप्रतिको नकारात्मक आरोपहरु थाहा पाउँंदा कता कता अन्योलता सँगै कौतुहलता पनि जाग्थ्यो । मनमा प्रश्न उब्जिँदा, साँच्चै ख्रीष्ट को हुन् ? छन् वा छैनन् ? भन्ने लाग्थ्यो । र अझ उहाँलाई चिन्ने इच्छा पैदा हुन्थ्यो । अध्ययनको त्यहि क्रममा नै २०६७ मा बप्तिष्मा पनि भयो । केहि समयपछि अध्ययनको त्यो क्रम पनि सकियो । यसको लगत्तै बाईबल सम्बन्धी तालिमको बिषयमा जानाकारी हुनासाथ सब ठेगाना पत्ता लगाई यसको तयारीमा जुटें । वास्तवमै ख्रीष्टप्रतिको अन्योलतामा स्पष्ट हुने उत्कट अभिलाषा ममा थियो । तर निर्णयमा पुग्न अघि घर परिवारका अभिभावक सँग मैले अनुमति लिनुपथ्र्यो । यसमा साहस र विनम्रताको पनि खाँचो थियो । यसै बमोजिम गरेँ तर सबैजना कट्टर हिन्दु परिवेशबाट आउनुभएको कारण केहि दिनसम्म चुनौती दिईरहनु भयो । तर दिन नबिराइ उहाँहरुसँग मेरो आग्रह थियो । म हिँड्न खोजेको यो बाटो खराब छैन म सड्छु, बिग्रन्छु भन्ने कहिल्यै नठान्नुस् । आफ्नो अध्ययन खर्च आपैmँ तयारी गर्छु । तपाईलाई दुःख नि दिन्न । र अन्तमा हार्न नसकी भन्नुभयो, “जे सुकै गर र हामीबाट साथ सहयोगको अपेक्षा पनि नगर” ।

यसपछि २०१२ मा आर.पि.एस. सम्म पुगी ख्रीष्ट सम्वन्धी सिक्न अझै मौकाहरु मिल्यो । यहि क्रमदेखि, यस अध्ययन पश्चात् र आजसम्म पनि ख्रीष्ट प्रभूलाई चिन्ने, चिनाउने शिलशिलाहरु छुटेका छैनन् । यसको श्रेय चाहिँ प्रभूको कृपासँगै उहाँका प्रिय सेवकहरुको वास्ता र साथ नै हो । अन्तमा भन्न चाहन्छु, ख्रीष्ट येशुमाथिको यो भरोसा र जिज्ञासामा पछुताउनु पर्ने कारणहरु भेटेको छैन । आजसम्म घरपरिवारका अन्य चार सदस्यहरु पनि ख्रीष्टमा बाँचेको देख्न सफल भएको छु । हुन त परमेश्वरलाई पाउनु वा पछ्र्याउंछु भन्नु मात्र काफी रहेनछ । यसलाई आफ्नै जीवनशैली बनाउँदै जीवनका हरेक पक्षमा ब्यक्त गर्नु हो । ब्यवहारिक जीवनमा सजिलो अवश्य छैन तापनि प्रयास जारी छन् । सदैव प्रार्थनामा याद गर्दै रहनु होला । जयमसिह ।

रेभ लकिम राई गुरुबाको जीवन गवाही

रेभ लकिम राई गुरुबाको जीवन गवाही

मैैले चाहेको शान्ति येशूमा पाए

सर्वप्रथम परमेश्वरले म जस्तो पापीलाई आप्mनो सन्तान हुन चुन्नुु भएको लागि धन्यवाद चढाउछु । ओखलढूंगा जस्तो दुर्गम ठाँउमा जन्मे पनि सानै उमेरदेखि येशूको बारेमा सुन्ने मौका पाए । म बालक हुदै मावली हजुरआमालाई अचम्मको रोगले समात्यो । थरथर काम्दै आखाँ सेतै पल्टाएर दाह्रा किट्दै बेहोस हुने । हजुरआमाले येशूको बारेमा सुन्नुभयो र विश्वास गर्नुभयो । त्यसपछि उहाँलाई त्यो बिमार जीवनभरी फर्केर आएन ।मेरो आमा पनि विमार हुनुहुन्थ्यो उहाँले पनि विश्वास गर्नुभयो र चंगै पाउनुभयो । गाउँमा कोही विश्वासी थिएन चर्च पनि थिएन । मैले चर्चको संगति नदेखे पनि येशूको नाम बालककालदेखि नै सुन्ने मौका पाए तापनि मैले कहिल्यै बाइबल खोलेर पढिन येशूमा विश्वास गरिन । मलाई कहिल्यै येशूको खाँचो महसुस भएन । मैले त जीवनमा धेरै पैसा कमाउने हो रमाइलो गर्ने हो जीवन सुख चैनमा बिताउने हो यति मात्रै विचार गर्थे । यस्तै चाहना बोकेर जवान भएपछि म इन्डियन आर्मीमा भर्तिभए । पैसा कमाउन थालेपछि त झन मैले येशूको सम्झना पनि गर्न छाडे । जीवन रमाइलोसंग आनन्दमा बिताउने यतिमात्र सोच हुन्थ्यो । तर जति म आनन्दसंग जिउन चाहन्थे उति मृत्युको डरले मलाई समाउन थाल्यो । दिन दिनै मेरो जीवन निरासाको खाडलमा डुब्न थाल्यो । तब सानै देखि सुन्दै आएको येशूको सम्झना आउन थाल्यो । आमा र हजुरआमाको दुःखमा सहायता गर्नुहुने येशूले मलाई पनि सहायता गर्नुहुन्छ भन्ने आशा मनमा जाग्न थाल्यो । तब मैले येशूको बारेमा जान्ने इच्छाले बाइबल पढ्न थाले ।

एक दिन बाइबल पढ्दै थिए येशूको वचनले मेरो मुटु नै चिसो भयो । त्यस्तो वचन त मैले कहिल्यै कुनै किताबमा पढेको थिएन । येशूले भन्नुभयो पुनरुत्थान र जीवन म नै हु मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ । म निरासा र मृत्युको डरमा बाचिरहेको मान्छेलाई यो भन्दा खुसिको समाचार के हुन सक्छ र ? त्यसपछि मैले येशूलाई जीवन अर्पण गरे र पाष्टर गोपाल राईको हातबाट ई.सं २४ डिसेम्बर १९९४ मा बस्तिस्मा लिए ।बप्तिस्मा लिएपछि परमेश्वरले मलाई आप्mनो सेवाकाइमा बोलाउनुभयो र जागिरबाट राजीनामा दिएर काठमाण्डुमा बाइबल कलेज पढ्न आए र पढाइ सिद्धिएपछि नेपाली रिफोम्र्ड चर्च अन्तरगत मिशन पाष्टरकोरुपमा सेवाकाइ गरिरहेकोछु । परमेश्वरले पूर्ब मेची देखि पश्चिम महाकालीसम्म हिमाल देखि तराइसम्म सुसमाचार पैmलाउन र मण्डली स्थापना गर्न सहायता गरिरहनुभएको छ ।

अचम्म लाग्छ जीवनमा बितेका दिनहरु सम्झना गर्दा कि परमेश्वरले कसरी उहाँको पूर्ब निर्धारित योजाना अनुसार मेरो जीवनलाई डोराउनुभएको छ । परमेश्वरले आप्mनो बाटोमा मलाइ डोराउन चाहनुहुन्थ्यो म भने आप्mनै बाटोहरुमा हिड्न चाहन्थे । परमेश्वरको इच्छा र मेरो इच्छामा यहिनेर बेमेल हुदा म निरासको आधिमा डुब्न पुगे । मेरो जीवन परमेश्वरको निम्ति बनिएको रहेछ मैले आप्mनो जीवन उहाँको निम्ति अर्पण नगरेसम्म बेचैनीले सताइरह्यो । पाष्टर अरबिन पोख्रेलज्यूले वचन प्रचार गर्दा अगष्टिनको भनाई दोहोराइ रहनुहुन्छ कि मानिसको हृदयले सृष्टिकर्ता परमेश्वरमा विश्राम नलिएसम्म तड्पी रहन्छ । म पनि त्यस्तै भए । मेरो हृदयले मेरो जीवनको आकार कोर्नुहुनेलाई नभेटेसम्म तड्पी रह्यो । म जस्तो श्वार्थि पापीलाई परमेश्वरले अनन्त जीवनको लागि चुन्नुभयो । अब डर छैन यस संसारबाट बिदा भएपनि मृत्युपारी येशूको देशमा म फेरी उदाउनेछु । त्यहाँ मलाई दुःख कष्ट शोक पीडा अनि मृत्यु हुनेछैन । मेरो निम्ति येशूले कस्तो सुनौलो भविष्य साचेर राखिदिनुभएको छ सम्झन्दा हृदय आनन्दले भरिन्छ । मैले चाहेको शान्ति येशूमा पाए । यस्तो शान्ति दिनुहुने शान्तिका परमेश्वरलाई सदासर्वदा महिमा र लाखौ करडौ धन्यवाद भएकोहोस् ।

रेभ रुएल थापा गुरुबाको जीवन गवाही

रेभ रुएल थापा गुरुबाको जीवन गवाही

मेरो जन्म भए लगत्तै आमाको शारीरिक कमजोरीका साथै केहि रोगहरु सुरु भयो ׀ त्यसको साथै आमा प्रतिको दृष्टिकोण माईती र घर दुवै परिवारमा त्यति राम्रो थिएन । विविध कारणहरुले जस्तै ः माइती परिवारले यस्तो आरोप लगाए कि, कुनै अशुभ दिनमा जन्मेको कारण आफ्नो बुबाको मृत्यु भएको हो र यो आफ्नो बाउ खाने छोरी हो भने र अलक्षिनीको दर्जा दिए । यता घरमा चाँहि सधै बिरामी हुने । सात वर्ष भयो पहिलो सन्तान जन्मेको तर दोस्रो हँुदैन । यो केरा बेते हो । यस्ता आरोपहरु र भनाइहरुले विरक्तिएको जीवन र उता आफ्नो श्रीमान् पनि पल्टनमा । आफुलाई सन्चो नभएको धेरै कष्टपूर्ण जीवन बिताउनु परेको थियो׀ यो सबै दुखः कष्ट भन्दा पनि बिरामीको कारण बुबाले हामीलाई (म र आमा) भारत आफ्नो जागिर तिरै, उहाँकै पल्टनमा लानु भयो त्यति बेला अर्थात सन् १९७९—१९८० तिर उहाँको पल्टन, ग्वालियर, मध्य प्रदेशमा थियो । सात वर्ष पछि, परिवारमा बल्ल अर्को सन्तान छोरीको रुपमा जन्म भयो र एउटा खुशीको लहर छायो । लाहुर (पल्टन)मा हुने हामीहरुमा मात्र त्यो खुशी सिमित नभएर यो सबै परिवार आफन्तहरुमा पनि थियो । खुशी पनि किन नहोस् र, बुबाको तीन दाजुभाइहरुमा कसैको पनि छोरी थिएन, मात्र चारवटा नातीहरु भएको बाजे जो आफै पनि भारतीय भुपु सैनिक हुनुहुनथ्यो । उहाँले नातिनी जन्मेको खबर पाउने बित्तिकै घर बोलाउनु भयो र हामीहरु सबै फेरी नेपाल आफ्नो घर फर्केर आयौँ ।

बुबा केहि दिनको आफ्नो छुट्टि पुरा गरेर पुनः पल्टनमा फर्कनुभयो र आमाको बिरामी भने जस्ताको त्यस्तै रह्यो । केहि दिन ठिक हुने फेरी उस्तै । पुनः तीन वर्ष पछि हामी लाई फेरी पल्टनमा नै लैजान बुबा घर आउनुभयो र १९८३ मा फेरी हामी भारत गयौँ र त्यति बेला बुबाको पल्टन उत्तर प्रदेश को अल्मोड़ा भन्ने ठाउँमा थियो । त्यहाँ पुगेको केहि महिना पछि फेरी आमाको उपचारको क्रम जारी भयो र पनि स्वास्थ्यमा खासै सुधार देखिएन । जसको कारण मेरी आमाको उपचार राम्रो मिलिटरी अस्पतालमा गर्न पाउने र हुन् सक्ने भएकोले बुबाले पल्टन बाट वाराणसी ट्रेनिंग सेन्टरको लागि पोस्टिंग माग्नुभयो । केहि महिना अथवा वर्षकै अन्तरालमा सन् १९८५ मा उहाको पोस्टिंग स्वीकार गरियो र हामी फेरी अल्मोड़ा देखि वाराणसी ३९ गोरखा ट्रेनिंग सेन्टरमा सरुवा भयाँै । आमाको रोग उपचारको निम्ति अस्पतालमा मात्र नभएर अन्य विभिन्न ठाउँहरुमा पनि जस्तैः बिजुवा, झाँक्री, तान्त्रिक, झारफुक गर्नेहरु सुनेको जति र भ्याउन सक्ने ठाउँहरु जति सबैमा लगियो र अझै धाउने क्रम जारी नै थियो ׀

सन् १९८९ मा पास्टर दानिएल राई कालिम्पोंग देखि वाराणसीमा केहि ख्रीस्टियन पुस्तिका, पत्रिकाहरु र अन्य केहि लेखहरु छाप्ने शिलशिलामा आउनुभएको रहेछ । त्यही मौका पारेर आर्मी क्याम्प भित्र केहि चिनजानको घरमा आउ जाउका साथै संगति पनि गर्नुभएको रहेछ । किनकी जसको घरमा उहाँ आउने जाने गर्नुहुन्थ्यो उहाँहरु पनि इसाईहरु हुनुहुँदो रहेछ तर यस विषयमा हामीले पहिला कहिल्यै थाहा पाएका थिएनौँ । हप्ताको केहि दिनहरुमा संगति पनि आयोजना गरिने कुराहरु जानकारी भयो । यता मेरो आमाको बिरामी अवस्था भने उस्तै र शिथिल थियो । एक रात आयोजना गरेको कार्यक्रममा सबै लाई निम्तो आयो तर हामीलाई निम्तो आएन । तरपनि कसैले भनेको आधारमा सकि नसकी भएपनि त्यो दिन मेरो आमा संगतिमा सामिल हुनुभएछ । कहिल्यै नसुनेको र अनुभव नगरेको कुरा उहाँको हृदयमा हुन आएछन् । उहाँ त्यस रात, एउटा नयाँ जीवन जीउने आशा बोकेर घर आउनुभयो र बुबालाई सबै कुराहरु भन्नुभयो । मलाई पनि आमाको त्यो भनाई सुन्दा मैले आफ्नो मनमा सोच्न थाले अब मेरी आमा पनि बच्नुहुनेछ । सबैको आमाहरु जस्तै मेरी आमा पनि हास्ने बस्ने गर्नुहुने छ र हाम्रो लागि मीठो मीठो खाना पकाउनुहुनेछ । त्यसपछि हरेक दिन स्कुल बाट फर्कँदा आमा लाई कहाँ लग्यो होला मेरी आमा फेरी फर्केर घर आउनु होला कि आउनुहुन्न होला भनेर आँखाभरी आँसु लिएर बस्न अब नपर्ने भयो जस्तो लाग्न थाल्यो ׀ जीवनमा एउटा नयाँ आशाको मुना पलाउने आभाषले मेरो पनि जीवन खुशी र आशाले भरिएको त्यो दिन आज जस्तै लाग्छ ׀

यस विषयमा चाल पाए पछि आमा तेह्र चोटी सम्म लगातार नबिराईकन संगतिमा हिंड्नुभयो । सबै सत्यता थाहा पाउनुभयो र येशु मात्र मेरो जीवनको प्रभु र मुक्तिदाता हुनुहुन्छ अब देखि तपाई लाई छाडी अरुकसैलाई लाई पुज्ने छैन भनेर ग्रहण पनि गर्नुभएको कुरा घरमा आएर बुबा लाई खुशीको साथ भन्नुभयो । तर समाज, रीतिरिवाज, पुर्खौँदेखि चल्दै आएको परम्पराको डरले बुबाले आमालाई हकार्दै भन्नुभयो….“यो तैँले के गरिस्, यो धर्मको बारेमा तँलाई के थाहा छ..? हामीहरुले मान्ने धर्म होइन यो । यदि यो धर्म मान्यौँ भने हामीलाई समाज देखि वहिस्कार गर्नेछन् । हामी फर्केर आफ्नो गाउँ घर जान पाउदैनँौ। हाम्रो देव, कुलायन, इस्ट, मित्र सबै त्याग्नुपर्ने हुन्छ । तसर्थ ….जा..जा. जा.. अहिलै यसलाई फर्काएर आइज ..”.! अचम्म विडम्बनाको घडी… हतार हतार आमा भान्सा कोठामा जान्छिन् र नांगो खुकुरी लिएर बाबाको हातमा दिदै भन्छिन् “ला..ला… यो खुकुरीले मेरो घाटी काट…..! तैपनि म मेरो परमेश्वरलाई छोड्दिन, यतिको वर्ष सम्म बिरामी हुँदा तिम्रा तेत्तीस कोटी देवी देवताले के गरे , इस्टमित्र, देव कुलेन ले के गर्यो, डाक्टरले के गर्यो..? भाकल पुरा गर्न कहाँ कहाँ गइन ? …. कसले के गर्यो….? जुन दिन देखि मैले यो सत्य परमेश्वर लाई विश्वास गरँे म ठिक भएको छु र आज मलाई यो छोड भन्छौ ? मेरो घाटी अलग गर्दे …मलाई काट, मार तब मात्र येशु लाई विश्वास गर्न छोड्छु” ׀

बर्षौ पुरानो बिरामीको अन्त त भयो जस्तो लाग्थ्यो तर घरमा अर्को अझ ठुलो द्वन्द नै सुरु भयो जस्तो भयो । तर परमेश्वरको अनुग्रह र प्रेम यति धेरै कि उहाँको बचनले भने अनुसार ….. यूहन्ना ८ः३२ मा यसरी भनेको छ ….. “तब तिमीहरुले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरुलाई स्वतन्त्र तुल्याउनेछ ׀” यसै कारण यो समस्या धेरै समय रहेन कारण परमेश्वरले बुबाको हृदयमा काम गर्नुभयो र बिस्तारै सत्यता के हो येशु ख्रीष्टकोे बारेमा बुझ्दै जानुभयो । येशु लाई आफ्नो मुक्तिदाताको रुपमा ग्रहण नगरेता पनि झैँझगडा कम भयो । घरमा संगति को लागि ढोका खोलियो त्यही वर्ष बुबाको पल्टन देहरादुनमा सरुवा भएको कारण हामी सब परिवार पुनः देहरादुन गयौँ र त्यहाँ हाम्रो भेट पास्टर पुरनाबल सँग भयो । यो उहाँको अनुग्रहको कारण थियो । विश्वास को असल शिक्षा र सिद्धान्तमा हुर्कन पायौँ । सन् १९९१ मा हामी सबै परिवारले पानीको बप्तिस्मा लियौँ र ऋयखभलबलत च्भायचmभम एचभकदथतभचष्बल ऋजगचअज देहरादुनको सदस्यमा पनि गनियौँ । म परमेश्वरको सेवाकाईको क्षेत्रमा उत्रियोस भनि आमाले मेरो निम्ति प्रार्थना गर्न शुरु गर्नुभयो । साथै पास्टर पुरना बलको पनि यही इच्छा रहेको र उहाँले पनि स्कूल को अध्ययन सकेर बाइबल कलेजमा भर्ना हुन उत्साहपुर्ण सल्लाह दिनु भयो । अन्तत, यस्तै हुँदै पनि गयो र प्रभुको अनुग्रहको कारणले सानो उमेरमै बाइबल कलेज पढ्ने मौका पनि पाएँ ।

हुनत म मण्डलीको एउटा पहिलो नेपाली ठिटो भएर पनि हुन् सक्छ लगभग १२, १५ लाख नेपाली हरुको बसोबास रहेको क्षेत्र देहरादुन र चार वर्षको अध्ययन पछि आफ्नै मण्डली मा नेपाली चर्चको सेवकको रुपमा सेवा गर्ने मौका पनि पाए ׀ सम्भवत त्यतिबेला सेवाकाइको क्षेत्रमा कलिलो र अल्लारेनै थिएँ होला । सेवाकाइको निम्ति परमेश्वरको बोलावट हुनुपर्छ भन्ने बारेमा त्यति पाको पनि थिइन । पुर्व सेवाकाईको अनुभव बिना सेवाको क्षेत्रमा उत्रँे तर पनि सेवाको सबै जिम्मावारीहरु पूर्ण इमान्दारी र निष्ठापूर्वक गर्ने हृदय प्रभुले ममा सृजनु भएको थियो भनी मलाई विश्वास पनि थियो ׀ यसै कारणले त सन् १९९७ को मे महिना ५ तारिख देखि सन् २०१० जनवरी महिना सम्म देहरादुनको नेपाली हरु बीचमा रहेर सेवा गरेको १३ वर्ष पनि बितिसकेको रहेछ ׀

यो तेह्र वर्षको समयमा प्रभुले धेरै कुराहरु सिकाउनुभयो । चाहे संघर्षका दिनहरु भएर जाँदा होस् अथवा अविस्मरणीय आशिषमय क्षणहरु बाट भएर जाँदा होस्, सन् २००० मा एल्डर अभिषेक भएको थिएँ, भने सन् २००४ जनवरीमा मेरो विवाह भयो । त्यसै गरि सन् २००७, सितम्बर महिना मा Minister of the Word and Sacrament  को अभिषेक पाएँ । साथै यो समय भित्र धेरै साथीहरु जुटाउनु भयो र जसको संगतमा म आज सम्म सेवा गर्ने मौका प्रभुले जुटाउनु भएको छ । त्यसपछि सन् २०१० फेब्रुअरी ०२ मा हामी सधँैको लागि देहरादुन छोडेर नेपालमा आयौँ र सेवाकाईको निम्ति फर्किएर स्वदेश आउने वातावरण प्रभुले सृजनुभयो । यहाँ सम्म आउँदा, म र मेरो श्रीमती भरतपुर क्रस वे चुर्चमा सेवाकाई गर्दै आएका छौँ साथै हामी दुवै जनाले एन.आर.सी कार्यालय को जिम्मेवारी साथै सेवाको क्षेत्रमा सहयोग गर्ने मौका पाएका छौ ׀

अन्तमा प्रार्थना सहित, यहोशू ले भने अनुसार….“म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौ ׀” (यहोशू २४ः१५) ׀
धन्यवाद..!

 

A Vision for a Local Church

A Vision for a Local Church

Rev. Arbin Pokharel

This year Cross-Way Church has completed 15 years of ministry in Kathmandu, Nepal. It has also been a year of COVID-19 pandemic, when life in all its aspects have been touched. In fact, we are still not able to meet in our new building as a church (waiting still to inaugurate it). But, we’ve had a very meaningful year with a six-days celebration of our 15th Anniversary in November. Church is more alive in small groups and families, reaching out to neighbors with relief aids, counseling and praying, bearing each others’ burden and connecting in new ways. As a pastor family, we came back after a decadelong studies abroad, with a vision for a local church; and through the church to see gospel-transformed societies. Church is a Christ-centered community at worship, striving to know God, love and serve its people. That also means, it must never give into idols, which takes the place of God, nor simply enable a consumer driven culture around us. This is why Jesus came and lived a life to show and give us the “secrets of the Kingdom of God.” And he said, “As the Father has sent me, I am sending you.” (Jn 20:21). “Cross-Way is a well of Grace, from where we’ll draw and serve, so that Christ centered churches will be planted in the 77 districts of Nepal.” The heart of the vision is Christ centered churches. God is our resource; he provides what is necessary from right underneath us (like water in a well). We are stewards (to draw and share responsibly) and it is Triune God who builds His church. Church is to be disciples of Christ who make disciples. Every person on earth is called to follow Christ. God created human beings in His image (imago dei), which means we not only bear his elements and character, (to love sacrificially, to give our lives to our neighbor’s flourishing) we’re also called to carry out his mission in the world. His mission is to bring all creation back to himself- under the Lordship of Christ. The means of doing that is to build the Body of Christ, a center where all imaginations and realities of Christ are practiced in community. We are deeply grateful to God for his faithful presence journeying with us all these 15 years. It has been a deeply satisfying adventurous journey of building the body of Christ. This magazine is a snap-shot of our experience. You’ll read stories of lives that have been changed by the gospel of Jesus Christ, as well as communities formed and maturing in the unionwith-Christ. Hope you will enjoy it. To God be the Glory! Amen.