प्रजिला राई बहिनीको जीवन गवाही

प्रजिला राई बहिनीको जीवन गवाही

म प्रजिला राई । सर्बप्रथम त कृपाको धनी हाम्रा महान् परमेश्वरलाई धन्यवाद होस् जसले आफ्नो अपार अनुग्रहमा मेरो आशाविहिन र अन्धकारमय जीवनलाई उहाँको उदेकको ज्योतिमा हिँड्न प्रेरित मात्र नगरी स्वयं आपँैm नै नओईलाउने आशाको मुहान बनि दिनुभयो । यसरी नै प्रभुमा आदरणिय अगुवाजनहरुमा पनि कृतज्ञतासाथ धन्यवाद भन्न चाहन्छु, जसले मेरा सबै दुर्बलता र अज्ञानतामा साथ सहयोग दिँदै ख्रीष्टमा बढ्न अवसर प्रदान गर्नुभयो । साँच्चै ख्रीष्टको प्रेम र उहाँ सँगको घनिष्ठ सम्बन्धबाट मात्र जीवनले वास्तविक मिठासपन र सन्तुष्टिको आभाष पाउँदो रहेछ, जस्तोसुकै चरम संघर्ष र चुनौतीपुर्ण आरोह अवरोहहरु झेल्दै आफ्नो गन्तब्यलाई माथ गर्नु किन नपरोस् ? संसारभरमा हामी जो कोही छौँ, अवश्य नै हामी सबैका आ–आफ्नै कथा ब्यथा हुन्छन् नै । यस्तै मेरो पनि आफ्नै कथा व्यथाहरु छन् तर यसलाई शब्दमा ब्यक्त गर्दै बेली विस्तार लगाउन सम्भव छैन तर केही कुराहरु चाहिँ म भन्न चाहन्छु ।
ख्रीष्ट बिनाको जीवन चाहिँ अन्धकारमा बत्ती बिना निष्पट अँध्यारोमा रहनु जस्तै रहेछ । जहाँ रहनुको बाध्यता वा पिडा जो कसैले सजिलै जीउन त के कल्पना पनि गर्न सक्दैनन् । यहि सन्दर्भमा भन्नुपर्दा, वा सुन्दा अपत्यारिला लाग्ने परिस्थितिहरुको सामना गर्न विवश हँुदोरहेछ मान्छे, जुनबेला सबै कुरा आफुमाथि आईलाग्छन् । किनकि यो भन्दा अर्को उत्तम विकल्प कति पटक नहुँदो रहेछ । यहि प्रसङ्गसँगै जोड्न चाहेँ । म एक मध्यम वर्गको परिवारभित्र सातौँ सन्तानको रुपमा सन् १९८७ मा पुर्व ओखलढुङ्गा स्थित कुईभिरमा जन्मिएको हो । जुन परिवारभित्र जन्मिए हुर्किए, त्यहाँ असल शिक्षा र ज्ञानको पहुँच एकदमै कमि थियो । जहाँ शान्ति र वास्ताको नितान्त अभाव थियो भने दोस्रो चाहिँ पारिवार भित्रको पारिवारीक संबन्धसँगै आ–आफ्नो जिम्मेवारी र भुमिकामा परिवेश सुहाउँदो वातावरण थिएन । मैले माथि नै बतार्इँ सके कि, जीवनका सबै आयामहरु क्रमै सँगले प्रस्तुत गर्न असम्भव हुन्छ यद्यपि कति उपयुक्तै होलान् ।

वास्तवमा आफु हुर्किएका ती परिवेशहरुले होला, म भित्रको अशान्तिले कोलाहल पैदा हुँदा निराशाले सदैव मेरो मन मस्तिष्कमा असह्य बज्र बजारिरहन्थे । सायद, यसैले होला जीवन पनि दिक्दार लाग्दो थियो । यस्तो अवस्थामा जीवन सरल सहज होस् पनि कसरी ? तर समयको माग अनुरुप अध्ययनको रुचिलाई जसोतसो आत्मसात गर्दै सरकारी बिद्यालयबाटै प्रमाण पत्र तहको अध्ययन पुरा गरेँ । यस पश्चात्, विविध कारणबस स्थगित भएको अध्ययनलाई पुनः निरन्तरता दिन भनी उच्च शिक्षा हाँसिल गर्ने दौडमा नै खी्रष्ट प्रभूलाई मुक्तिदाताको रुपमा स्वीकार गर्ने अवसर पनि मिल्यो । हुनतः यसभन्दा अलिक अगाडि नै ख्रीष्ट संबन्धी पर्चा र पुस्तकहरु ब्यक्तिगत रुपमा भेटेर पढ्ने मौका मिलिसकेको थियो । तर बिश्वासी र चर्चबारे अन्जान नै थिएँ । जे होस् त्यहि अध्ययनको क्रममा सर्वप्रथम आत्मिय मित्र नयन सुनुवारलाई भेटे पश्चात् नै प्रथम पटक उहाँ सँगै चर्च जान पनि सकेँ । ख्रीष्टको अनुुसरण गर्न मलाई कर गरीरहनु परेन । सायद, आफ्नो संँस्कारमा भनौँ, संसारमा सुन्न, देख्न नपाएको त्यो पुस्तकका सत्य शब्दहरुले यो मनको वहावलाई मोडिने गरि गहिरो प्रभाव पारिसकेका थिए । म माथि परेको त्यो प्रभावले ख्रीष्ट नै शीर्ष स्थानमा हुनुभयो ।

शुरुका ती दिनहरुमा ख्रीष्ट प्रतिको भरोसामा कदम बढाउन परिवारबाट रोकतोक थिएन, किनकि बेलाबखत आउ जाउ र भेटघाट भएपनि घरपरिवारदेखि केहि टाढाको दुरीमा रहेर अध्ययन गर्दै थिएंँ । यसैले चर्च जानु र बाईबल पढ्नुमा खुसी थिएँ तर यदाकदा ख्रीष्टप्रतिको नकारात्मक आरोपहरु थाहा पाउँंदा कता कता अन्योलता सँगै कौतुहलता पनि जाग्थ्यो । मनमा प्रश्न उब्जिँदा, साँच्चै ख्रीष्ट को हुन् ? छन् वा छैनन् ? भन्ने लाग्थ्यो । र अझ उहाँलाई चिन्ने इच्छा पैदा हुन्थ्यो । अध्ययनको त्यहि क्रममा नै २०६७ मा बप्तिष्मा पनि भयो । केहि समयपछि अध्ययनको त्यो क्रम पनि सकियो । यसको लगत्तै बाईबल सम्बन्धी तालिमको बिषयमा जानाकारी हुनासाथ सब ठेगाना पत्ता लगाई यसको तयारीमा जुटें । वास्तवमै ख्रीष्टप्रतिको अन्योलतामा स्पष्ट हुने उत्कट अभिलाषा ममा थियो । तर निर्णयमा पुग्न अघि घर परिवारका अभिभावक सँग मैले अनुमति लिनुपथ्र्यो । यसमा साहस र विनम्रताको पनि खाँचो थियो । यसै बमोजिम गरेँ तर सबैजना कट्टर हिन्दु परिवेशबाट आउनुभएको कारण केहि दिनसम्म चुनौती दिईरहनु भयो । तर दिन नबिराइ उहाँहरुसँग मेरो आग्रह थियो । म हिँड्न खोजेको यो बाटो खराब छैन म सड्छु, बिग्रन्छु भन्ने कहिल्यै नठान्नुस् । आफ्नो अध्ययन खर्च आपैmँ तयारी गर्छु । तपाईलाई दुःख नि दिन्न । र अन्तमा हार्न नसकी भन्नुभयो, “जे सुकै गर र हामीबाट साथ सहयोगको अपेक्षा पनि नगर” ।

यसपछि २०१२ मा आर.पि.एस. सम्म पुगी ख्रीष्ट सम्वन्धी सिक्न अझै मौकाहरु मिल्यो । यहि क्रमदेखि, यस अध्ययन पश्चात् र आजसम्म पनि ख्रीष्ट प्रभूलाई चिन्ने, चिनाउने शिलशिलाहरु छुटेका छैनन् । यसको श्रेय चाहिँ प्रभूको कृपासँगै उहाँका प्रिय सेवकहरुको वास्ता र साथ नै हो । अन्तमा भन्न चाहन्छु, ख्रीष्ट येशुमाथिको यो भरोसा र जिज्ञासामा पछुताउनु पर्ने कारणहरु भेटेको छैन । आजसम्म घरपरिवारका अन्य चार सदस्यहरु पनि ख्रीष्टमा बाँचेको देख्न सफल भएको छु । हुन त परमेश्वरलाई पाउनु वा पछ्र्याउंछु भन्नु मात्र काफी रहेनछ । यसलाई आफ्नै जीवनशैली बनाउँदै जीवनका हरेक पक्षमा ब्यक्त गर्नु हो । ब्यवहारिक जीवनमा सजिलो अवश्य छैन तापनि प्रयास जारी छन् । सदैव प्रार्थनामा याद गर्दै रहनु होला । जयमसिह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *