रेभ रुएल थापा गुरुबाको जीवन गवाही

रेभ रुएल थापा गुरुबाको जीवन गवाही

मेरो जन्म भए लगत्तै आमाको शारीरिक कमजोरीका साथै केहि रोगहरु सुरु भयो ׀ त्यसको साथै आमा प्रतिको दृष्टिकोण माईती र घर दुवै परिवारमा त्यति राम्रो थिएन । विविध कारणहरुले जस्तै ः माइती परिवारले यस्तो आरोप लगाए कि, कुनै अशुभ दिनमा जन्मेको कारण आफ्नो बुबाको मृत्यु भएको हो र यो आफ्नो बाउ खाने छोरी हो भने र अलक्षिनीको दर्जा दिए । यता घरमा चाँहि सधै बिरामी हुने । सात वर्ष भयो पहिलो सन्तान जन्मेको तर दोस्रो हँुदैन । यो केरा बेते हो । यस्ता आरोपहरु र भनाइहरुले विरक्तिएको जीवन र उता आफ्नो श्रीमान् पनि पल्टनमा । आफुलाई सन्चो नभएको धेरै कष्टपूर्ण जीवन बिताउनु परेको थियो׀ यो सबै दुखः कष्ट भन्दा पनि बिरामीको कारण बुबाले हामीलाई (म र आमा) भारत आफ्नो जागिर तिरै, उहाँकै पल्टनमा लानु भयो त्यति बेला अर्थात सन् १९७९—१९८० तिर उहाँको पल्टन, ग्वालियर, मध्य प्रदेशमा थियो । सात वर्ष पछि, परिवारमा बल्ल अर्को सन्तान छोरीको रुपमा जन्म भयो र एउटा खुशीको लहर छायो । लाहुर (पल्टन)मा हुने हामीहरुमा मात्र त्यो खुशी सिमित नभएर यो सबै परिवार आफन्तहरुमा पनि थियो । खुशी पनि किन नहोस् र, बुबाको तीन दाजुभाइहरुमा कसैको पनि छोरी थिएन, मात्र चारवटा नातीहरु भएको बाजे जो आफै पनि भारतीय भुपु सैनिक हुनुहुनथ्यो । उहाँले नातिनी जन्मेको खबर पाउने बित्तिकै घर बोलाउनु भयो र हामीहरु सबै फेरी नेपाल आफ्नो घर फर्केर आयौँ ।

बुबा केहि दिनको आफ्नो छुट्टि पुरा गरेर पुनः पल्टनमा फर्कनुभयो र आमाको बिरामी भने जस्ताको त्यस्तै रह्यो । केहि दिन ठिक हुने फेरी उस्तै । पुनः तीन वर्ष पछि हामी लाई फेरी पल्टनमा नै लैजान बुबा घर आउनुभयो र १९८३ मा फेरी हामी भारत गयौँ र त्यति बेला बुबाको पल्टन उत्तर प्रदेश को अल्मोड़ा भन्ने ठाउँमा थियो । त्यहाँ पुगेको केहि महिना पछि फेरी आमाको उपचारको क्रम जारी भयो र पनि स्वास्थ्यमा खासै सुधार देखिएन । जसको कारण मेरी आमाको उपचार राम्रो मिलिटरी अस्पतालमा गर्न पाउने र हुन् सक्ने भएकोले बुबाले पल्टन बाट वाराणसी ट्रेनिंग सेन्टरको लागि पोस्टिंग माग्नुभयो । केहि महिना अथवा वर्षकै अन्तरालमा सन् १९८५ मा उहाको पोस्टिंग स्वीकार गरियो र हामी फेरी अल्मोड़ा देखि वाराणसी ३९ गोरखा ट्रेनिंग सेन्टरमा सरुवा भयाँै । आमाको रोग उपचारको निम्ति अस्पतालमा मात्र नभएर अन्य विभिन्न ठाउँहरुमा पनि जस्तैः बिजुवा, झाँक्री, तान्त्रिक, झारफुक गर्नेहरु सुनेको जति र भ्याउन सक्ने ठाउँहरु जति सबैमा लगियो र अझै धाउने क्रम जारी नै थियो ׀

सन् १९८९ मा पास्टर दानिएल राई कालिम्पोंग देखि वाराणसीमा केहि ख्रीस्टियन पुस्तिका, पत्रिकाहरु र अन्य केहि लेखहरु छाप्ने शिलशिलामा आउनुभएको रहेछ । त्यही मौका पारेर आर्मी क्याम्प भित्र केहि चिनजानको घरमा आउ जाउका साथै संगति पनि गर्नुभएको रहेछ । किनकी जसको घरमा उहाँ आउने जाने गर्नुहुन्थ्यो उहाँहरु पनि इसाईहरु हुनुहुँदो रहेछ तर यस विषयमा हामीले पहिला कहिल्यै थाहा पाएका थिएनौँ । हप्ताको केहि दिनहरुमा संगति पनि आयोजना गरिने कुराहरु जानकारी भयो । यता मेरो आमाको बिरामी अवस्था भने उस्तै र शिथिल थियो । एक रात आयोजना गरेको कार्यक्रममा सबै लाई निम्तो आयो तर हामीलाई निम्तो आएन । तरपनि कसैले भनेको आधारमा सकि नसकी भएपनि त्यो दिन मेरो आमा संगतिमा सामिल हुनुभएछ । कहिल्यै नसुनेको र अनुभव नगरेको कुरा उहाँको हृदयमा हुन आएछन् । उहाँ त्यस रात, एउटा नयाँ जीवन जीउने आशा बोकेर घर आउनुभयो र बुबालाई सबै कुराहरु भन्नुभयो । मलाई पनि आमाको त्यो भनाई सुन्दा मैले आफ्नो मनमा सोच्न थाले अब मेरी आमा पनि बच्नुहुनेछ । सबैको आमाहरु जस्तै मेरी आमा पनि हास्ने बस्ने गर्नुहुने छ र हाम्रो लागि मीठो मीठो खाना पकाउनुहुनेछ । त्यसपछि हरेक दिन स्कुल बाट फर्कँदा आमा लाई कहाँ लग्यो होला मेरी आमा फेरी फर्केर घर आउनु होला कि आउनुहुन्न होला भनेर आँखाभरी आँसु लिएर बस्न अब नपर्ने भयो जस्तो लाग्न थाल्यो ׀ जीवनमा एउटा नयाँ आशाको मुना पलाउने आभाषले मेरो पनि जीवन खुशी र आशाले भरिएको त्यो दिन आज जस्तै लाग्छ ׀

यस विषयमा चाल पाए पछि आमा तेह्र चोटी सम्म लगातार नबिराईकन संगतिमा हिंड्नुभयो । सबै सत्यता थाहा पाउनुभयो र येशु मात्र मेरो जीवनको प्रभु र मुक्तिदाता हुनुहुन्छ अब देखि तपाई लाई छाडी अरुकसैलाई लाई पुज्ने छैन भनेर ग्रहण पनि गर्नुभएको कुरा घरमा आएर बुबा लाई खुशीको साथ भन्नुभयो । तर समाज, रीतिरिवाज, पुर्खौँदेखि चल्दै आएको परम्पराको डरले बुबाले आमालाई हकार्दै भन्नुभयो….“यो तैँले के गरिस्, यो धर्मको बारेमा तँलाई के थाहा छ..? हामीहरुले मान्ने धर्म होइन यो । यदि यो धर्म मान्यौँ भने हामीलाई समाज देखि वहिस्कार गर्नेछन् । हामी फर्केर आफ्नो गाउँ घर जान पाउदैनँौ। हाम्रो देव, कुलायन, इस्ट, मित्र सबै त्याग्नुपर्ने हुन्छ । तसर्थ ….जा..जा. जा.. अहिलै यसलाई फर्काएर आइज ..”.! अचम्म विडम्बनाको घडी… हतार हतार आमा भान्सा कोठामा जान्छिन् र नांगो खुकुरी लिएर बाबाको हातमा दिदै भन्छिन् “ला..ला… यो खुकुरीले मेरो घाटी काट…..! तैपनि म मेरो परमेश्वरलाई छोड्दिन, यतिको वर्ष सम्म बिरामी हुँदा तिम्रा तेत्तीस कोटी देवी देवताले के गरे , इस्टमित्र, देव कुलेन ले के गर्यो, डाक्टरले के गर्यो..? भाकल पुरा गर्न कहाँ कहाँ गइन ? …. कसले के गर्यो….? जुन दिन देखि मैले यो सत्य परमेश्वर लाई विश्वास गरँे म ठिक भएको छु र आज मलाई यो छोड भन्छौ ? मेरो घाटी अलग गर्दे …मलाई काट, मार तब मात्र येशु लाई विश्वास गर्न छोड्छु” ׀

बर्षौ पुरानो बिरामीको अन्त त भयो जस्तो लाग्थ्यो तर घरमा अर्को अझ ठुलो द्वन्द नै सुरु भयो जस्तो भयो । तर परमेश्वरको अनुग्रह र प्रेम यति धेरै कि उहाँको बचनले भने अनुसार ….. यूहन्ना ८ः३२ मा यसरी भनेको छ ….. “तब तिमीहरुले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरुलाई स्वतन्त्र तुल्याउनेछ ׀” यसै कारण यो समस्या धेरै समय रहेन कारण परमेश्वरले बुबाको हृदयमा काम गर्नुभयो र बिस्तारै सत्यता के हो येशु ख्रीष्टकोे बारेमा बुझ्दै जानुभयो । येशु लाई आफ्नो मुक्तिदाताको रुपमा ग्रहण नगरेता पनि झैँझगडा कम भयो । घरमा संगति को लागि ढोका खोलियो त्यही वर्ष बुबाको पल्टन देहरादुनमा सरुवा भएको कारण हामी सब परिवार पुनः देहरादुन गयौँ र त्यहाँ हाम्रो भेट पास्टर पुरनाबल सँग भयो । यो उहाँको अनुग्रहको कारण थियो । विश्वास को असल शिक्षा र सिद्धान्तमा हुर्कन पायौँ । सन् १९९१ मा हामी सबै परिवारले पानीको बप्तिस्मा लियौँ र ऋयखभलबलत च्भायचmभम एचभकदथतभचष्बल ऋजगचअज देहरादुनको सदस्यमा पनि गनियौँ । म परमेश्वरको सेवाकाईको क्षेत्रमा उत्रियोस भनि आमाले मेरो निम्ति प्रार्थना गर्न शुरु गर्नुभयो । साथै पास्टर पुरना बलको पनि यही इच्छा रहेको र उहाँले पनि स्कूल को अध्ययन सकेर बाइबल कलेजमा भर्ना हुन उत्साहपुर्ण सल्लाह दिनु भयो । अन्तत, यस्तै हुँदै पनि गयो र प्रभुको अनुग्रहको कारणले सानो उमेरमै बाइबल कलेज पढ्ने मौका पनि पाएँ ।

हुनत म मण्डलीको एउटा पहिलो नेपाली ठिटो भएर पनि हुन् सक्छ लगभग १२, १५ लाख नेपाली हरुको बसोबास रहेको क्षेत्र देहरादुन र चार वर्षको अध्ययन पछि आफ्नै मण्डली मा नेपाली चर्चको सेवकको रुपमा सेवा गर्ने मौका पनि पाए ׀ सम्भवत त्यतिबेला सेवाकाइको क्षेत्रमा कलिलो र अल्लारेनै थिएँ होला । सेवाकाइको निम्ति परमेश्वरको बोलावट हुनुपर्छ भन्ने बारेमा त्यति पाको पनि थिइन । पुर्व सेवाकाईको अनुभव बिना सेवाको क्षेत्रमा उत्रँे तर पनि सेवाको सबै जिम्मावारीहरु पूर्ण इमान्दारी र निष्ठापूर्वक गर्ने हृदय प्रभुले ममा सृजनु भएको थियो भनी मलाई विश्वास पनि थियो ׀ यसै कारणले त सन् १९९७ को मे महिना ५ तारिख देखि सन् २०१० जनवरी महिना सम्म देहरादुनको नेपाली हरु बीचमा रहेर सेवा गरेको १३ वर्ष पनि बितिसकेको रहेछ ׀

यो तेह्र वर्षको समयमा प्रभुले धेरै कुराहरु सिकाउनुभयो । चाहे संघर्षका दिनहरु भएर जाँदा होस् अथवा अविस्मरणीय आशिषमय क्षणहरु बाट भएर जाँदा होस्, सन् २००० मा एल्डर अभिषेक भएको थिएँ, भने सन् २००४ जनवरीमा मेरो विवाह भयो । त्यसै गरि सन् २००७, सितम्बर महिना मा Minister of the Word and Sacrament  को अभिषेक पाएँ । साथै यो समय भित्र धेरै साथीहरु जुटाउनु भयो र जसको संगतमा म आज सम्म सेवा गर्ने मौका प्रभुले जुटाउनु भएको छ । त्यसपछि सन् २०१० फेब्रुअरी ०२ मा हामी सधँैको लागि देहरादुन छोडेर नेपालमा आयौँ र सेवाकाईको निम्ति फर्किएर स्वदेश आउने वातावरण प्रभुले सृजनुभयो । यहाँ सम्म आउँदा, म र मेरो श्रीमती भरतपुर क्रस वे चुर्चमा सेवाकाई गर्दै आएका छौँ साथै हामी दुवै जनाले एन.आर.सी कार्यालय को जिम्मेवारी साथै सेवाको क्षेत्रमा सहयोग गर्ने मौका पाएका छौ ׀

अन्तमा प्रार्थना सहित, यहोशू ले भने अनुसार….“म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौ ׀” (यहोशू २४ः१५) ׀
धन्यवाद..!

 

Leave a Reply

Your email address will not be published.