रेभ लकिम राई गुरुबाको जीवन गवाही

रेभ लकिम राई गुरुबाको जीवन गवाही

मैैले चाहेको शान्ति येशूमा पाए

सर्वप्रथम परमेश्वरले म जस्तो पापीलाई आप्mनो सन्तान हुन चुन्नुु भएको लागि धन्यवाद चढाउछु । ओखलढूंगा जस्तो दुर्गम ठाँउमा जन्मे पनि सानै उमेरदेखि येशूको बारेमा सुन्ने मौका पाए । म बालक हुदै मावली हजुरआमालाई अचम्मको रोगले समात्यो । थरथर काम्दै आखाँ सेतै पल्टाएर दाह्रा किट्दै बेहोस हुने । हजुरआमाले येशूको बारेमा सुन्नुभयो र विश्वास गर्नुभयो । त्यसपछि उहाँलाई त्यो बिमार जीवनभरी फर्केर आएन ।मेरो आमा पनि विमार हुनुहुन्थ्यो उहाँले पनि विश्वास गर्नुभयो र चंगै पाउनुभयो । गाउँमा कोही विश्वासी थिएन चर्च पनि थिएन । मैले चर्चको संगति नदेखे पनि येशूको नाम बालककालदेखि नै सुन्ने मौका पाए तापनि मैले कहिल्यै बाइबल खोलेर पढिन येशूमा विश्वास गरिन । मलाई कहिल्यै येशूको खाँचो महसुस भएन । मैले त जीवनमा धेरै पैसा कमाउने हो रमाइलो गर्ने हो जीवन सुख चैनमा बिताउने हो यति मात्रै विचार गर्थे । यस्तै चाहना बोकेर जवान भएपछि म इन्डियन आर्मीमा भर्तिभए । पैसा कमाउन थालेपछि त झन मैले येशूको सम्झना पनि गर्न छाडे । जीवन रमाइलोसंग आनन्दमा बिताउने यतिमात्र सोच हुन्थ्यो । तर जति म आनन्दसंग जिउन चाहन्थे उति मृत्युको डरले मलाई समाउन थाल्यो । दिन दिनै मेरो जीवन निरासाको खाडलमा डुब्न थाल्यो । तब सानै देखि सुन्दै आएको येशूको सम्झना आउन थाल्यो । आमा र हजुरआमाको दुःखमा सहायता गर्नुहुने येशूले मलाई पनि सहायता गर्नुहुन्छ भन्ने आशा मनमा जाग्न थाल्यो । तब मैले येशूको बारेमा जान्ने इच्छाले बाइबल पढ्न थाले ।

एक दिन बाइबल पढ्दै थिए येशूको वचनले मेरो मुटु नै चिसो भयो । त्यस्तो वचन त मैले कहिल्यै कुनै किताबमा पढेको थिएन । येशूले भन्नुभयो पुनरुत्थान र जीवन म नै हु मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ । म निरासा र मृत्युको डरमा बाचिरहेको मान्छेलाई यो भन्दा खुसिको समाचार के हुन सक्छ र ? त्यसपछि मैले येशूलाई जीवन अर्पण गरे र पाष्टर गोपाल राईको हातबाट ई.सं २४ डिसेम्बर १९९४ मा बस्तिस्मा लिए ।बप्तिस्मा लिएपछि परमेश्वरले मलाई आप्mनो सेवाकाइमा बोलाउनुभयो र जागिरबाट राजीनामा दिएर काठमाण्डुमा बाइबल कलेज पढ्न आए र पढाइ सिद्धिएपछि नेपाली रिफोम्र्ड चर्च अन्तरगत मिशन पाष्टरकोरुपमा सेवाकाइ गरिरहेकोछु । परमेश्वरले पूर्ब मेची देखि पश्चिम महाकालीसम्म हिमाल देखि तराइसम्म सुसमाचार पैmलाउन र मण्डली स्थापना गर्न सहायता गरिरहनुभएको छ ।

अचम्म लाग्छ जीवनमा बितेका दिनहरु सम्झना गर्दा कि परमेश्वरले कसरी उहाँको पूर्ब निर्धारित योजाना अनुसार मेरो जीवनलाई डोराउनुभएको छ । परमेश्वरले आप्mनो बाटोमा मलाइ डोराउन चाहनुहुन्थ्यो म भने आप्mनै बाटोहरुमा हिड्न चाहन्थे । परमेश्वरको इच्छा र मेरो इच्छामा यहिनेर बेमेल हुदा म निरासको आधिमा डुब्न पुगे । मेरो जीवन परमेश्वरको निम्ति बनिएको रहेछ मैले आप्mनो जीवन उहाँको निम्ति अर्पण नगरेसम्म बेचैनीले सताइरह्यो । पाष्टर अरबिन पोख्रेलज्यूले वचन प्रचार गर्दा अगष्टिनको भनाई दोहोराइ रहनुहुन्छ कि मानिसको हृदयले सृष्टिकर्ता परमेश्वरमा विश्राम नलिएसम्म तड्पी रहन्छ । म पनि त्यस्तै भए । मेरो हृदयले मेरो जीवनको आकार कोर्नुहुनेलाई नभेटेसम्म तड्पी रह्यो । म जस्तो श्वार्थि पापीलाई परमेश्वरले अनन्त जीवनको लागि चुन्नुभयो । अब डर छैन यस संसारबाट बिदा भएपनि मृत्युपारी येशूको देशमा म फेरी उदाउनेछु । त्यहाँ मलाई दुःख कष्ट शोक पीडा अनि मृत्यु हुनेछैन । मेरो निम्ति येशूले कस्तो सुनौलो भविष्य साचेर राखिदिनुभएको छ सम्झन्दा हृदय आनन्दले भरिन्छ । मैले चाहेको शान्ति येशूमा पाए । यस्तो शान्ति दिनुहुने शान्तिका परमेश्वरलाई सदासर्वदा महिमा र लाखौ करडौ धन्यवाद भएकोहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *