पास्टर राकेश राना मगर र सीम्जुङ्ग सामुदायिक मण्डली

पास्टर राकेश राना मगर र सीम्जुङ्ग सामुदायिक मण्डली

सिम्जुङ्ग सामुदायिक मण्डली समुदायसंग रहेर ख्रीष्टको चेला बन्दै अरुहरुलाई चेला बनाउने उदेश्य को साथ लम्किएको आत्मिक संस्था हो । जुन मण्डली रिफर्म विचार धारा बाट प्रभावित भई अगि बढिरहेको छ । यो मण्डली गोरखा को उत्तरी भाग अजिरकोट ४ मा रहेकमे छ । औपचारिक रुपमा २०६८ साल देखी सञ्चालित यस मण्डलीको पास्टरीय सेवा र अगुुवाको भुमिका पा. राकेश राना मगरले निभाई रहनु भएको छ । जहां डिकन र अरु केही सहकमीहरु पनि रहनु भएको छ ।

भौगोलिक अवस्था
सिम्जुङ्ग सामुदायिक मण्डली भौगोलिक हिसाबमा पहाडी जिल्लामा पर्दछ । जुन क्षेत्र समुद्र सतह देखी लगभग ३०० मिटरकोे उचाइमा रहेको छ । कारण मण्डली बेसी मा अवस्थीत छ भने यस्को चारैतिर हरियाली डाँडा काँडा ले घेरीएको एउटा उपत्यका जस्तो छ । जस्को पूर्व पटि दरौदी नदीसंगै छिमेकी सुलिकोट गा.पा. का ले छोएको छ भने दक्षिण, पश्चिम र उत्तर मा भने अजिरकोट गा. पा. का अरु वडाहरु रहेका छन् । यहां विभिन्न जात धर्म, वर्ग, विभिन्न सस्कृति मान्ने मानिसहरु बस्दै आएको छन् । जातिगत रुपमा मगर, तामाङ्ग, क्षेत्री, वाहुून, गुरुङ्ग, साक्र्री, परियार , आदि मानिसहरु यो क्षेत्रमा बस्दै आएका छन् ।

सुरुका दिनहरु पा. लकिम राई लगायत क्रस—वे चर्च बाट मिसन टिमका साथीहरु द्धारा सुसमाचारको कार्यक्रम भइरहंदा यहाँका केही मानिसहरुले प्रभु येशूको नाउँमा विश्वास गर्न थाले पछि विस्तारै सानो झुण्डको रुपमा संगति सुरु भयो । उक्त संगति लाई अगाडि लैजान को लागि आदरणीय दिदी गौरी राना ले अगुवाको भुमिका निभाउनु भएको थियो । सन् २०११ को ख्रीष्टमस पछाडी क्रस वे मिसन टिम कार्यक्रम मा म पनि यो ठाउँमा आउने मौका पाएँ केही समय सुसमाचारको कार्यक्रम, संगति भेटघाट भयो । साथै २०१२ को जनवरी देखी मेरो थियोलोजीमा ब्याचलर स्तरको इन्टनसिप सुरु हुदै थियो र त्यही इन्टनसिपको समय मलाई यो ठाउँमा रहेर प्रभुको सेवा गर्ने हृदय भयो । फलस्वरुप २ हप्ताको नेपालको विभिन्न ठाउँमा गई मिसन कार्यक्रम सके लगातै २०१२ जनवरी १३ देखी म यो ठाउँ मा बस्न सुरु गरें । आजको मिति २०२० अक्टोबर २५ सम्म आइपुग्दा झन्डै ९ बर्ष भएछ यो ठाउँमा बस्दै आएको पनि परमेस्वर लाई धन्यबाद भएको होस । फर्केर हेर्दा परमेस्वरले हामीलाई धेरै आशिष दिनु भएको छ , जहा सुन्दर मण्डली असल विस्वासी परिवार अन्य सेवाका धेरै क्षेत्रहरु नयाँ अगुवाहरु आदि धेरै कुरा जुटाई दिनु भएको छ । म आफैले पनि यो ठाउँमा रहेर सेवा गर्र्दै आउदा धेरै कुरा सिक्ने अवसर पाएको छु । अहिले सम्झदा पनि अचम्म लागेर आउछ ४ महिना को इन्टनसिप को लागी भनेर आएको झन्डै ९ बर्ष विति सक्दा पनि कति चाडो गएको जस्तो लाग्छ । हो हामी लाई परमेस्वर ले धेरै अनुग्रह गर्नु भएको छ, सुरुको दिनहरुमा यो ठाउँमा सेवाकाई गर्न त पराई जाओस म ख्रीष्टियन हुँ भन्नु पनि डरलाग्दो स्थिति थियो । तर प्रार्थना , भेटघाट, सुसमाचार ले विस्तारै वातावरण बन्दै गयो । जुन मानिसहरु हाम्रा विरोधी थिए तिनीहरुलाई नै परमेस्वरले उहांको कामहरुमा चुन्नु भयो । केही त्यस्ता कुराहरु छन जस्ले मलाई यो ठाउँमा सेवागर्न साह्रै अगुवाई भयो १. परमेस्वर को बोलावट । २ . यो ठाउँको मानिसहरुको परमेस्वरप्रति प्रेम र खाचो देख्दा झनै प्रोत्सान मिल्यो । ३ अगुवा विना को भेडाहरु झै छरपस्ट भएको देख्दा । ४ एन आर सी जस्तो असल टिम जस्ले सेवा गर्न धेरै कुरामा सहायता गर्नु भयो ।

सुरुको दिनहरु सबै कुरा आफैले गर्नु पथ्र्याे कोही त्यस्तो सक्षम मानिसहरु थिएन तर खुशीको कुरा केही यस्ता विस्वासीहरु थिए जो ईश्वरीय ज्ञान नभएता पनि म संगसंगै हिडेर भए पनि परमेस्वरको काममा ठुलो योगदान पु¥याउनु भएको थियो । जस्को नाम लिनु पर्दा ः गौरी राना मगर , पार्वती थापा मगर , देऊ माया थापा मगर जो आज हामीसंग त हुनहुन्न तर पनि हामी उहा हरु लाई धेरै याद गर्छौ । मलाई व्यक्तिगत रुपमा पनि सेवाकाई गर्न धेरै हौसला मिलेको थियो । साच्चै भन्नु पर्दा उहाहरु को साथ नभएको भए सायद हामी यो स्तरसम्म पनि आउनु सक्दैनथ्यौं । आज देऊ माया दिदीको जीवनबाट सुरु हुदै उहाको घर गाउँमा नयाँ मण्डली सुरु भयो जहा ६० जनाको हाराहारीमा विस्वासीहरु रहेका छन् – नयाँ ठाँउमा जहां उहांहरुको परिवारले अगुवाइ गरीराख्नु भएको छ त्यसै गरि गौरी दिदी विवाह गरेर गएता पनि उहाँ जाने नयाँ चर्चमा दिदि बहिनीहरु विच अगुवाइ दिई राख्नुभएको छ । पार्वती दिदी र उहाँको परिवार कामको सिलसिलामा बाहिर हुनुहुन्छ । जे होस सम्झदा गर्व लाग्छ । सेवाकाई सुरु गरेको पहिलो बर्षमा नै परमेस्वरले धेरै जनालाई विस्वासमा ल्याउनु भयो र तिनीहरुका विच मा १२ जना ले पहिलो बर्ष नवित्दै पानीको बप्तिष्मा लिनु भयो र विस्वासी संख्या मा परमेस्वरले झनै वृद्धि गराउनु भयो ।

कसरी सिम्जुङ्ग सामुदायिक मण्डली नाम रहन गयो ? जुन ठाउँबाट हामीले सेवा सुरु गरेका थियौ त्यो ठाँउ पहिला पोखराटार भन्ने गाउँमा थियो जुन चाही त्यो बेला सिम्जुङ्ग वडा ८ मा पर्दथ्यो । जसले गर्दा हामी ले सिम्जुङ्ग समुदाय भित्र रहेर काम गर्नु पर्ने भएको ले सिम्जुङ्ग सामुदायिक मण्डली नाम राखेका थियौं । पछि गएर स्थानिय सरकार निर्माण भए लगातै सिम्जुङ्ग वडा हटेर अजिरकोट गा. पा. का बन्नु पुगे ।
अविस्मरणीय घटना हामीले जसै मण्डली सुरु गरेका थियौ त्यही समय मा नै संगति गर्नको लागि पा. लकिम , म स्वयम (पा. राकेश) लगाएत स्थानिय केही ब्यक्तिहरुको सहायता मा २०, ३० जना अट्ने टहरा बनाइएको थियो । तर विस्वासी संख्या बढ्दै गया,े हाम्रो दर्शन पनि फराकिलो बन्दै गयो त्यस पछि हामी ले अझ फराकिलो रुपमा सेवालाई बढुवा गर्नु पर्छ अझ धेरै मानिसहरु ले परमेस्वर लाई चिन्नु पर्छ भनी अठोटका साथ पोखराटार देखि ढोडेनी भन्ने ठाउँमा मण्डली सार्ने निर्णय ग¥यौ । परमेस्वरको आशिष स्वरुप हामीले हतार हतार गरि २०७१ चैत्र २८ गते नयाँ मण्डली भवन उद्घाटन गरेर दुई हप्ता मात्र हामीले नयाँ भवनमा संगति चलाएका थियौं, २०७२ बैशाख १२ गतेको ठुलो भुकम्प गयो धेरै धन जनको क्षति भयो परमेस्वर लाई धन्यबवाद भएको होस हामी नयाँ भवनमा आएको कारण हामी बांच्न सफल भयौं कारण यो नयां भवन ट्र्स र इटाको गाह्रो लगाएको बलियो थियो । तर जुन ठाउँमा हामी ले सेवासंगति गर्ने गथ्र्यौं, त्यो भवन भुकम्प मा संगैको ठुलो घरले पुरै पुरेको थियो यदि हामी तल संगति सुरु नगरेको हुदथ्यो भने सायद हामी सबै त्यो वेला त्यही घरले थिचेरै मर्ने थियौ तर परमेस्वरको इच्छा हामीलाई उहाँको सेवामा बढुवा गर्नु र धेरै मानिसले परमेस्वर लाई चिन्नु उहा को इच्छा थियो जसका कारण अझसम्म हामी सबैजना सुरक्षित छांै । आमेन

हो त्यो समयमा धेरै ले आफन्त, धन सम्पति , लगाएत धेरै कुरा गुमाएका थियौ एक प्रकारले हेर्ने हो भने मानिसहरुमा कुनै आशा पनि नभएको अवस्था सृजना भएको थियो तर ती मानिसहरुको विचमा प्रेम बांड्न मानिसहरुलाई सहायता गर्न हामी लाई जीवित राख्नु भयो अन्तत भुकम्प पछि चर्च प्रति हेर्ने दृष्टिकोण नै परिवर्तन भयो । धेरै मानिसहरु ले हाम्रो सुकर्म देख्ने मौका पाए १ पत्रुस २ः १२ कति ले परमेस्वर लाई चिन्ने मौका पाए ।

श्रीमति आशाका साथ
मेरो नाउँ राकेश राना मगर मेरो श्रीमति को नाउँ आशा माया दराई हो र हाम्रो एरोन र एसाफ नाम गरेका दुई छोराहरु छन् । मेरो विवाह सन् २०१४ मा भएको हो । हाम्रो घर चितवन जिल्लामा पर्छ जब म उच्च शिक्षाको लागी २०६३ सालमा काठमाडौ गए त्यो बेलामानै मैले परमेस्वरको प्रेमलाई बुझने मौका पाए जसै उहाँको प्रेमलाई महसुस गर्न सिकें म चुप्प लागेर बस्नै सकेन म ब्रिटिएच लेबल को ईश्वर शास्त्रमा अध्ययन गर्न हालको आर पि एस बाइबल कलेज मा भर्ना भएं त्यसको केही समय पछाडी स्वयम्सेवकको रुपमा नागढुंगामा सेवाकाई गर्दै आए । मेरो बाइबल कलेज सके लगत्तै इन्टर्नसिपको लागि यो ठाउँमा आएको थिएं । भौगोलीक रुपमा, पारिवारिक रुपमा , कति स्रोत र साधन को अभाव , रहनसहन , रितिरिवाज धेरै कुराका कारण यो ठाउँ मा बसेर सेवकाई गर्न धेरै गाह्रो थियो हामी लाई तर परमेस्वरको प्रेमको अगाडि दांज्दा यो केही जस्तो लागेन । यो सेवामा मेरो श्रीमति ले पनि मलाई धेरै हौसला र साथ दिइन् साथै सहकर्मी मित्रहरुले पनि विशेष गरेर एन आर सी का सहकर्मीहरुले जसको फलस्वरुप आजका दिन सम्म आई पुग्नु सफल भए छांै । परमेस्वर लाई धन्यबाद भएको होस । आमेन ।

अगुवा महेन्द्र कुमालको जीवन गवाही

अगुवा महेन्द्र कुमालको जीवन गवाही

मृत्युलाई खोज्दै जाँदा जीवनदाता सँगको मेरो भेट

हामी हरेकको जीवन आ–आफ्नै कथा र ब्यथाले भरिएको छ र पनि हरेक घटनाले हाम्रो जीवनमा समान प्रभाब पारेको हुँदैन । जीवन जिउँदै जाँदा घटेका केहि घटनाहरुले हाम्रो हृदयमा यस्तो स्थान ओगटेको हुँदो रहेछ कि जसलाई न त हामी बिर्सन नै सक्छौँ, न त त्यस घटनाको विषयमा चुप लागेर बस्न नै सक्छौँ । मेरो जीवनमा पनि यस्तै एउटा घटनाले महत्वपुर्ण स्थान बनाएको छ । त्यो घटना हो आज भन्दा १२ बर्ष अगाडीको, जुन बेला मैले पोखरामा उच्च शिक्षा हासिल गर्न भनि आफ्नो परिवार र जन्मथलो छोडेर हिडेको थिएँ ।

म कृषि पेशामा अटुट परिश्रम गरी आफ्नो दैनिक गुजारा गर्ने एक सामान्य परिवारमा जन्मेको ब्यक्ति हुँ । आफुले पढ्न नपाएर आफु ठगिएको महशुस गर्ने मेरो बाबा र आमा आफ्ना छोराछोरीले पनि त्यहि परिस्थितिको सामना गर्न नपरोस् भनेर हामीलाई असल शिक्षा र भबिष्य प्रदान गर्नको लागि उहाँहरु जस्तो सुकै कठिन परिश्रम गर्न पनि पछि हट्नु हुँदैनथ्यो । बाबा आमाको दुखलाई नजिकबाट नियालेको भएर होला म पनि उहाँहरुलाई निराश नबनाउने गरि मेहनत गरेर पढ्ने गर्दथेँ । जसको फलस्वरुप मैले राम्रो अंक ल्याएर एस.एल.सि. पनि उत्तीर्ण गरेँ ।

हिन्दु धर्म परम्परा र संस्कारको वरिपरि हुर्किँए पनि, सानै देखि धर्मकर्म प्रति मेरो त्यति लगाब भने चाहिँ थिएन । तर हरेक कुरा बुझेर गर्न चाहने स्वभाब भने चाहिँ ममा थियो । त्यसैले गर्दा होला, म एउटै कुरालाई धेरै गहिएिर सोच्ने र त्यहि कुरालाई धेरै दिनसम्म मनमा खेलाई रहने गर्दथेँ । यस्तै बिविध कुराहरु मनमा खेलाउने क्रममा एउटा प्रश्नले मेरोे मन पोल्न थाल्यो । त्यो प्रश्न थियो, मान्छे किन मर्छ ? यसै प्रश्नले केहि समयपछि धेरै प्रश्नहरु जन्माउन थाल्यो । जस्तैः मान्छे कहाँबाट आउँछ र मरे पछि कहाँ जान्छ ? सधैँ भरि बाँच्ने कुनै उपाय छ कि छैन ? एस.एल.सि सिध्याएर उच्च शिक्षा हासिल गरि उज्वल भबिष्यको परिकल्पना गर्ने समयमा यिनै प्रश्नहरुले मलाई निरुत्साहित बनाउन थाल्यो । बाबा आमाको दुःखलाई सम्झँदा केहि गर्नुपर्छ भनि आउने जोशहरु सेलाउन थाल्यो । जेहोस् गाउँमै जसो तसो प्लस टु पास गरी, दोमनको साथमा उच्च शिक्षा हाँसिल गर्न भनी म पोखरा तिर लागेँ । मनको कुनै कुनाबाट एउटा सानो आवाजले भन्छ, तैले मेहनत गरेर पढ्नुपर्छ । बाबा आमाको दुःखलाई कहिल्यै बिर्सनु हँुदैन । तर त्यहि मनको अर्को कुनाबाट चर्को स्वरले भन्छ, पढेर के हुन्छ ? जागिर खाएर के हुन्छ ? संसारमा भएका कुराहरु हाँसिल गर्न जीवन रित्याएर के हुन्छ ? एकदिन त मर्नै पर्छ । सबै कुरा छोडेर जानै पर्छ । यसरी मलाई यस्तो लाग्न थाल्यो कि संसारमा गरिएको हरेक परिश्रम ब्यर्थ छ । यस्ता प्र्रश्नहरु नआओस् पनि किन ? एक किसानको छोरो भएको कारणले खेती लगाएर खान नपाई मरेका किसानहरुको बिडम्बना मैले आफ्नै आँखाले देखेको थिएं । यसरी प्रश्नहरुको संगालो बोकेर मनमा खेलाउँदा खेलाउँदा म यो निष्कर्षमा पुगेँ कि चाहेर होस् या नचाहेर मान्छे जन्मनुको अन्तिम उद्देश्य मर्न कै लागि रहेछ ।

यसरी जीवनभरि दुःखै दुःख भोगेर मर्नुभन्दा त अहिल्यै नै किन नमर्ने भन्ने हेतुले, म पनि मृत्युको खोजीमा हिँड्न थालेँ । तर मर्ने भन्ने कुरा पनि कहाँ सजिलो हुँदो रहेछ र ? मर्नको लागि सबैभन्दा सजिलो उपाय खोज्दै जाने क्रममा म एउटा चर्च भएको ठाउँमा पुगेँ । जब मैले चर्च देखेँ मैले मेरो मामा र उहाँले धेरै बर्ष अगाडी भन्नुभएको कुरा सम्झिएँ । उहाँले भन्नुभएको थियो “भान्जा, मृत्यु पछाडि पनि जीवन छ र ख्रीष्ट येशुलाई बिश्वास गर्ने ब्यक्ति म¥यो भने पनि जीवित हुनेछ” । यहि कुरालाई बुझने प्रयत्न गरि म चर्च भित्र प्रबेश गरेँ । र मैले मेरो मनमा गुम्सिएको प्रश्नको उत्तर भेट्टाएँ । त्यो उत्तर अरु कहिँ नभएर मैले युहन्ना ११ः२५–२६ मा भेटेँ । त्यहाँ लेखिएको थियो “पुनरुत्थान र जीवन म नै हुँ । मलाई विश्वास गर्ने म¥यो भने पनि जीवित हुनेछ”। अनि जीउने र म माथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन । के तिमी विश्वास गछ्र्याै ?” त्यसपछि मैले खुरन्धार बाईबल पढ्न शुरु गरेँ । यसरी मेरो मनमा धेरै बर्ष पहिले उब्जिएका प्रश्नहरुको उत्तरहरु एक पछि अर्को गरी पाउन थालेँ । यसको साथसाथै येशुको जीवन, मृत्यु, पुनरुत्थान र स्बर्गारोहणको बिषयमा पनि जान्ने मौका पाएँ ।

यसरी सन् २००८ मा सुसमाचार द्धारा परमेश्वरले मैले उहाँलाई चिन्न र बुझन सकूं भनि मेरो बन्द हृदयको आँखा खोलिदिनु भयो र मैले प्रभु येशूलाई मेरो जीवनको मुक्तिदाता भनि ग्रहण गर्ने मौका पाएँ र एक बर्ष पछि २००९ जनवरी २ मा त्रिएक परमेश्वरको नाउँमा बप्तिस्मा लिएँ । जब मैले बप्तिष्मा लिएँ तब मैले मेरो जीवनलाई प्रभुको सेवाको लागि अर्पण गरेँ । जुन दिन मैले मेरो प्रभुले मलाई मर्न देखि हात हातै थामेको मेलै अनुभब गरें तब मैले उहाँबाट पाएको यो बाँकी जीवन उहाँ कै सेवाको लागि समर्पण गर्ने निर्णय गरेँ र मैले भने अबदेखि मेरो जीवन मेरो रहेन किनकि तपाईले मलाई आफ्नै रगतको मुल्यले किनेर आफ्नो बनाउनुभएको छ त्यसैले अब देखि उप्रान्त तपाईको इच्छा नै मेरो इच्छा र तपाईको खुशी नै मेरो खुशी हुनेछ । यो कुरामा परमेश्वरले सम्मति जनाउनुभयो र उहाँको सेवाको लागि मलाई तयार गर्न बिभिन्न अबसरहरु प्रदान गरिदिनुभयो । यसरी अहिले मैले उहाँको बोलावट र बरदान अनुसार पाष्टरीय वास्ताको सेवा मण्डलीमा पु¥याउँदै आएको छु, र मृत्युले नलगेसम्म यहि नै मेरो जीवनको एक मात्र उद्देश्य हो । आमेन ।